
माछा र चिउरा धेरै खांदा प्रचन्ड लाई छेर्पाटे, अस्पताल् भर्ना
'फुड प्वाइजनिङ' का कारण उल्टी हुने र रिंगटा लाग्ने भएपछि प्रचण्ड बुधबार दिउँसो साढे दुई बजे जनमैत्री अस्पताल बालाजुमा भर्ना भएका छन् । प्रचण्डले अघिल्लो दिन माछा र चिउरा खाएको र त्यसैबाट 'फुड प्वाइजनिङ' भएको जनमैत्री अस्पतालका निर्देशक डा. रविन्द्रप्रसाद राजभण्डारीले बताए । 'आज त उहाँले सुप मात्र खानुभएको छ, हिजो माछा र चिउरा खानुभएछ, त्यसैले गडबडी भयो,' राजभण्डारीले भने । प्रचण्डलाई बान्ता रोक्नका लागि दुईवटा इन्जेक्सन दिइएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई स्पेसल क्याबिनमा अब्जर्भेसनमा राखिएको छ । उनलाई एक दिन अस्पतालमै आराम गर्न भनिएको निर्देशक राजभण्डारीले जानकारी दिए । प्रचण्डको रगत, किड्नी फङ्सन, लिभरलगायत परीक्षण गरिएको र सबै सामान्य रहेको उनले जानकारी दिए । अध्यक्ष प्रचण्ड बिरामी भएपछि माओवादी केन्द्रीय समितिको बुधबारको बैठक स्थगित भएको छ । बुधबार उनले केन्द्रीय